काठमाडौं : नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इन्जिनियर सन्तोष साह १० लाख ५५ हजार श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाडौंतर्फ आउँदै गर्दा धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारले जनाएको छ ।
इन्जिनियर साहले खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिसँग घुस रकम लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies