काठमाडौं : टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन/मिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत–संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समय आएका तीज गीत भन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिएकी छन् । उनी हेर्दा विदेशी जस्ती देखिन्छिन जसकारण आकर्षणको विन्दु बनेकी छिन् । अकेशा क्युट देखिएकी छन् भने अभिनय पनि त्यतिकै राम्रो रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies