काठमाडौं : काठमाडौंको टोखा नगरपालिका बडा नम्बर दशस्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । टोखाको नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको र खुट्टा प्लास्टिकले बेरेको अवस्थामा उनको शव आइतबार विहान फेला परेको थियो । हत्याको घटनाबारे महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान अघि बढाइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies