सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीमा नार्डेक नेपालद्वारा जिल्ला स्तरीय छलफल गरिएको छ । जिल्ला स्वास्थ कार्यालय गुल्मीको समन्वय तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल गुल्मीको आयोजनामा जिल्ला स्तरीय समन्वय बैठक तथा छलफल आइतबार सप्पन्न भएको हो ।
राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालले आफ्नो संस्थालाई परिचय गराउने , यस परियोजनाको क्रियाकलाप , योजना तथा सम्पूर्ण गतिविधिको जानकारी गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थाले आफ्नो गतिविधिहरु कसरी कार्यान्वयन गर्ने तथा सम्पूर्ण योजनाको ढाँचाको बारेमा पनि जानकारी गराएको थियोे । संस्थाले अहिलेसम्मको आफ्नो प्रगति विवरण प्रस्तुत पनि गरेको थियो ।
जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, जिल्ला अस्पतालका प्रमुख डा. उत्तम पाच्य, जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिह खड्का, सेभ द चिल्ड्रेन नेपालका बरिष्ठ कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिंह, बरिष्ठ कार्यक्रम सयोजक सुवास श्रेष्ठ, गैरसरकारी सस्था महासघका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष नवराज भुसाल , जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य, नार्डेक नेपालका अध्यक्ष शान्ति नेपाली, उपाध्यक्ष प्राध्यापक गुणानिधि शर्मा, कार्यकारी निर्देशक रेशम कुँवरलगायतका सरकारी, गैरसरकारी, निजी क्षेत्र र पत्रकारहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालका वरिष्ठ कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिंह,नार्डेक नेपालका परियोजना संयोजक राम बहादुर कुँवरले प्रदेश न.५ तथा गुल्मी जिल्लामा एचआईभी / टिबि कार्यक्रमको अवस्था र गुल्मी जिल्लामा संचालन गरिने कार्यक्रमका बारे प्रकाश पारेका थिए ।
जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, तम्घास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पाच्यलगायतका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र अन्य सहभागीले कार्यक्रमका बारेमा आ-आफ्नो सुझाव मन्तव्य राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies