काठमाडौं : आज देशभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णले कंसरुपी राक्षस प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्न मार्गदर्शन दिएको मानिन्छ ।
महाभारतमा कौरवरुपी अन्यायी पक्षसँग जुधेर श्रीकृष्णले समाज उपयोगी काम गर्न तथा परोपकारमा लाग्न पनि यो दिनले प्रेरणा दिने विश्वास गरिन्छ । जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मेला प्रभावित बनेको छ ।
संक्रमण नियन्त्रणका लागि यो बर्ष मन्दिर पनि बन्द गरिएको छ । मनोहरामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकोमा यस वर्ष विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies