काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार कार्यालय, ताहाचलको निरीक्षण गरेका छन् । उक्त कार्यालयमा सहसचिव विनु बज्राचार्य कुँवरले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनपछि मन्त्री यादवले सोमबार उक्त कार्यालयको निरीक्षण गरेका हुन् । कुँवरले गत बुधबारबाट उक्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।
निरीक्षणपछि मन्त्री यादवले श्रम स्वीकृति सम्बन्धी सेवाहरुमा जनगुनासो नआउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री यादवको स्वकिय सचिवालयले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies