वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।
काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नंको ट्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए । दुवै ट्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies