रौतहट : रौतहटको गरुडा नगरपालिकामा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका नेता समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए ।
गत २२ गते गरुडामै संकलन गरिएको ७९ जनाको स्वाब हेटौडाको ल्याबमा परीक्षण गर्दा एक महिला सहित ११ जनामा संक्रमण भेटिएको स्वास्थ्य संयोजक जयसवालले बताए ।
रौतहटमा विगत तिन दिनमा संक्रमित हुनेको सँख्या ५४ पुगेको छ । आइतवार रौतहटमा १५ जना संक्रमित भेटिएका थिए भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies