उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भट्टलाई सिइओका रूपमा कुनै पनि काम नगर्न मंगलबार अदालतले आदेश गरेको हो ।
पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो । उच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ । भट्टले नियुक्ति भई हाजिर भएकाले उक्त पदको हैसियतमा कुनै पनि निर्णय नगर्न भन्दै उच्चले रोक लगाएको हो ।
उच्चको यो आदेशपछि साउन ३१ गते अर्को सुनुवाई नभएसम्म भट्टले लगानी बोर्डमा सिइओको हैसियतमा कुनै पनि कार्य गर्न पाउने छैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies