अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले साउन २८ गते बुधबार बिहान ४ बजेदेखि भदौ २ गते राति १२ बजेसम्मका लागि मुसिकोट नगरपालिकाको -६ नम्बर वडा कार्यालय आसपासका क्षेत्रहरू सिल गरेको छ ।
सोमबार रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि समुदायस्तर सम्म कोरोना सङ्क्रमण बढ्ने जोखिम भएको भन्दै नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार जिल्ला स्वास्थ्य कार्यालय सल्ले देखि खलंगा बजार , शितल पोखरी चोक , पिपलनेटा , सेरीगाउँ र नगरपालिकाको वडा नम्बर - ६ वडा कार्यालय सम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा थप सुरक्षा अपनाउने निर्णय गरीएको छ ।
सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, स्वास्थ्यकर्मी र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको प्रजिअ पौडेलले बताए ।
यसैगरी, प्रशासनले साउन २८ गते बिहान ४ बजेदेखि भदौ २ गते राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई पालना गर्न सबैमा अपिल गरेको छ ।
सिल गरीएको क्षेत्रमा प्रशासनको अपिल नमान्नेलाई संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरीने बताइएको छ। सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies