गौरीशंकर जयसवाल/मध्यान्ह
परासी : नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट यूरीया मल बरामद गरेको छ । जिल्लाको सुनवल नगरपालिका र सरावल गाँउपालिकाबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर लुकाईछिपाई घरमा राखेको अवस्थामा ९० बोरा यूरीया मल प्रहरीले बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर सुनवल नगरपालिका वडानं १२ बस्ने उमेश प्रसाद गुप्ता र सोहीे ठाउँ बस्ने बिष्णु भण्डारी तिवारीको घरबाट प्रहरीले बिशेष सुराकीको आधारमा खोजतलासी गर्दा उनीहरुको घरबाट यूरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।
जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी बिट भुमहीको संयुक्त टोलीले उक्त स्थानमा पुगी गुप्ताको घरमा ५० बोरा र भण्डारीको घरमा १० बोरा यूरिया मल बरामद गरिएको लामाले बताए ।
उनीहरुसँग सोधपुछ गर्दा उक्त नल आयात सम्बन्धी कुनै कागजात फेला नपरेकोले यूरिया मल सहित दुबै जानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । बरामद यूरीया मल प्रति बोरा ७ सय रुपैयॉको दरले जम्मा ६० बोराको मूल्य ४२ हजार बराबरको रहेको प्रहरीले जानएको छ । त्यसैगरी भारतबाट भन्सार छली ल्याई सरावल गाउँपालिको वडानं १ बासाको चोक नजिक लेकसाईटमा लुकाई राखेको अवस्थामा ३० बोरा यूरीया मल बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाट र बासा प्रहरी चैकीको संयुक्त टोलीले उक्त मल बरामद गरेको हो । उक्त यूरिया मल कसले ल्याएर राखेको भन्नेबारे खुल्न नसकेको र्प्रहरीले जनाएको छ । उक्त मल ७ सय रुपैयॉका दरले ३०बोराको मूल्य २१ हजार बराबरको रहेको र उक्त ९० बोरा यूरीया मल सहीत दुबै व्यक्तिलाई कार्वहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको लामाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies