रबिन्द्र यादव/मध्यान्ह
नवलपरासी : सुनवल नगरपालिका वडा ९ का वडा अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढने सेतो प्लेटको मोटरसाईकल राति चोरी भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाईकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।
नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजको लागि सेता प्लेटको मोटरसाईकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन नामक सरकारी मोटरसाईकल उनको घरबाट राति चोरी भएपछि खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय परासीका एसपी अजय केसीले बताए । मोटरसाइकलको ह्याण्डिलसमेल लक गरिएको थियोे ।
मोटरसाइकल सुरक्षाकै लागि उनी संधै कार्यालयको कामकाज र जनताको सेवा कार्य सकेर घर आई मोटरसाईकल कम्पाउण्ड भित्रै राख्ने गर्थे । ‘घरको कम्पाउण्डमा मेरा कार, मेरा व्यक्तिगत मोटरसाईकलसहित विभिन्न सर–सामान भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेछ,’ वडाध्यक्ष थारुले अचम्म मान्दै भने, - ‘मोटरसाईकलको खोजी कार्य भैरहेको छ ।’ बाईक चोरीको घटनाबारे ईलाका प्रहरी कार्यालय सुनवललाई खबर गरिएको थारुले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies