काठमाडौं : सरकारले नेपालको अद्यावधिक (राजनीतिक÷प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा आज स्वीकृत गरेकी हुन् ।
नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा आज मन्त्रालयबाट स्वीकृत गरिएको हो । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अङ्ग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।
नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्वजगत्मा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ । त्यसैले उक्त प्रयोजनका लागि अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ । अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक नियोग, अन्तर्राष्ट्रियजगत्मा पठाउन बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् । अन्तर्राष्ट्रियजगत्मा चाँडै नै परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies