काठमाडौं : कोरोनाका कारण समग्र अर्थतन्त्रमा प्रभाव परिरहँदा आज वित्तीय वितरण प्रकाशित गर्ने धेरैजसो बाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । बैंकहरुले प्रकाशित गरेका वित्तीय विवरण अनुसार आर्थिक बर्ष २०७५/०७६ को तुलनामा आब २०७६/०७७ मा खुद मुनाफा बढेको हो ।
शुक्रबार वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा सबैभन्दा बढी सेञ्चुरी बैंकले आफ्नो नाफामा सुधार गरेको छ । बैंकले आघिल्लो आवको तुलनामा गत आवमा आईपुग्दा आफ्नो नाफामा ३४ प्रतिशतले सुधार गरेको छ । अघिल्लो आवमा ६७ करोड ६४ लाख रुपैयाँ कमाएको सो बैंकले गत आवको सोही अवधिमा ९० करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । कुल ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । सो अबधिसम्ममा बैंकले ६५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड ४४ कर्जा प्रबाह गरेको छ ।
तर सो अबधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १।४० प्रतिशत रहेकोमा गत अबमा आईपुग्दा बढेर २।२१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ७७ पैसा रहेको छ ।
यस्तै कोरोनाको कहरबीच एनसीसी बैंकले पनि आफ्नो नाफामा १० दशमलव ७४ प्रतिशतले सुधार गरेको छ । बैंकले गत आबका आफ्नो नाफामा सुधार गर्दै १ अर्ब १३ करोड रुपैयाँ कमाउन सफल भएको छ । जबकि बैंकले अघिल्लो आबमा १ अर्ब २ करोड रुपैयाँ मात्र खुद मुनाफा गरेको थियो । हाल बैंकको वितरणयोग्य नाफा ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ । साथै कोरोना कहरबीच प्राइम कमर्सियल बैंकले पनि आफ्नो नाफामा सुधार गरेको छ । अघिल्लो आवमा २ अर्ब १९ करोड खुद मुनाफा गरेको प्राईम बैंकले गत आवको अन्त्यमा आईपुग्दा नाफा बढाएर २ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ ।
सो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सो अबधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढाएको छ । हाल १३ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रहेको छ । हालसम्म आईपुग्दा १ खर्ब १९ अर्ब ४४ करोड निक्षेप संकलन गरेको सो बैंकले १ खर्ब १० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर सो अबधिसम्म आईपुग्दा बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर १.५४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी भने १६ रूपैयाँ ३९ पैसा रहेको छ ।
पछिल्लो समय एग्रेशिभ रुपमा अघि बढेको एनआईसी एसिया बैंकले पनि कोरोना कहरकाबीच आफ्नो नाफामा सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा आईपुग्दा ३ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।
सो अबधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ रहेको छ । हाल बैंकको ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी बढाएर ७ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । तर बैंकको संचालन नाफामा भने गिरावट आएको छ । सो अबधिसम्म आईपुग्दा बैंकदे २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । तर सो अबधिमा बैंकको खराब कर्जा ० दशमलव ४६ प्रतिशतबाट बढेर ० दशमलव ७५ प्रतिशत पुगेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३२ रुपैयाँ १३ पैसा रहेको छ ।
गत आबमा एनएमबि बैंकले पनि आफ्नो नाफामा सामान्य सुधार गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब २५ करोड रुपैयाँ खुद आम्दानी गरेको सो बैंकले आब २०७६ र ७७ मा आईपुग्दा आफ्नो नाफामा सामान्य वृद्धि गर्दै २ अर्ब २७ करोड रुपैयाँ कमाएको छ । सो अबधिमा बैंककोे वितरण योग्य नाफा भने १ अर्ब ४२ करोड रुपैयाँ छ । हाल बैंकले चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म आईपुग्दा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । तर सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसामा रहेको छ ।
यसैगरी बैंकको खराब कर्जा पनि बढ्न पुगेको छ । अघिल्लो आबमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १।८६ प्रतिशत रहेकोमा गत अबमा आईपुग्दा बढेर २।६८ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कोरोनाले एभरेष्ट बैंकको आम्दानी भने असर पुयार्एको छ । सो अबधिमा बैंकको नाफा १८.२६ प्रतिशतले घटेर २ अर्ब ४९ करोड रुपैयाँमा सिमित भएको छ । जबकि अघिल्लो आबमा बैंकले ३ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो ।
सो अबधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हाल चुक्ता पूँजी ८ अर्ब ५१ करोड रहेको एभरेष्ट बैंकको रिजर्भ कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आबको अन्त्यसम्ममा आईपुग्दा १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकको खराब कर्जा एकदमै न्यून अर्थात कुल कजा प्रबाहको ०।२२ प्रतिशत मात्र रहेको छ । कोरोनाको असर नेपाल बंगलादेश बैंकमा पनि उच्च देखिएको छ । गत आबमा बैंकको नाफामा २१ दशमलव ६२ प्रतिशतले गिरावट आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies