काठमाडौ : हिमालय एयरलाईन्सले पुनः चार्टर्ड उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ । कम्पनीले भदौ १ गतेदेखि भदौ १५ गतेसम्मका लागि उद्धार उडानको तालिका सार्वजनिक गरेको हो । कम्पनीले यसबीचमा मलेशियाको क्वालालम्पुर, कतारको दोहा, साउदी अरेबीयाका दमामलगायतमा उद्धार चार्टर्ड उडान गर्ने भएको हो ।
कम्पनीका अनुसार अगस्ट १९, २२, २५ र २७ तारिखमा साउदी अरेबीयामा उडान भर्ने भएको छ । यस्तै अगस्ट १६, १८ र २० तारिखमा भने मलेसियाको क्वालालम्पुरमा उद्धार उडान गर्ने भएको हो ।
यस्तै कम्पनीले अगस्ट १७, २३ र २९ तारिखमा भने कतारको दोहामा उद्धार उडान गर्ने भएको हो । साथै अगस्ट २१ तारिखमा भने कुवेतमा र २४, २६, २८ र २० तारिखमा युएईको अवुधावीमा उद्धार उडान गर्ने भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies