सुभेन्द्र दास / मध्यान्ह
लहान, १ असोज । आर्थिक वर्ष २०७७।०७८ को पहिलो दुई महिनाको अवधिमा सिरहामा १२ जना महिलामाथि बलात्कारको घटना भएको तथ्यॉक सार्वजनिक भएको छ । योसँगै प्रदेश २ मा यो अवधिमा कुल ६५ जना महिला तथा बालिका बलात्कृत भएका छन् । भदौ २७ गतेसम्मको तथ्यॉक अनुसार सिरहामा १२, धनुषा र महोत्तरीमा १० - १०, सप्तरीमा ९, सर्लाहीमा ८, रौतहटमा ७, पर्सामा ६ र बारामा ३ वटा बलात्कारको घटना भएका छन् । प्रदेश २ मा पछिल्लो २६ महिनामा ६५३ वटा बलात्कारको घटना भएका छन् । तीमध्ये ६५ वटा बलात्कारको घटना चालू आर्थिक वर्ष दुई महिनाको हो । त्यस्तै, गत आव २०७६।७७ मा २९२ र अघिल्लो अाव २०७५।७६ मा २९६ वटा बलात्कार अपराध भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
आव २०७६।७७ मा सबभन्दा बढी ५३ वटा बलात्कार धनुषामा भएको थियो । त्यस्तै, सिरहामा ४८, बारामा ४५, पर्सामा ३९, सप्तरी र सर्लाहीमा ३१ -३१, रौतहटमा २९ र महोत्तरीमा १६ जना महिला तथा बालिका बलात्कारको शिकार भए । आव २०७५।७६ मा पनि सबभन्दा बढी ५० वटा बलात्कारका घट्ना धनुषामै भएका थिए ।
पछिल्लो ६ महिनामा बन्दाबन्दीको अवधीमा बलात्कारको घट्ना झनै वृद्वि भएको पाइएकोछ । यो अवधीमा १५२ वटा बलात्कारको घटना प्रदेश दुई मा भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies