एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई सम्बोधन गरेर पठाइएको एउटा शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको हो ।
सो पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । हाउट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानमा सो पत्र क्यानाडाबाट पठाइएको हुनसक्ने अनुमान गरिएको छ । पत्रबारे अमेरिकी संघिय जाँच ब्युरो एफबिआई र सेक्रेट सर्भिसले छानविन गरिरहेको छ ।
यस्तै पत्र अरुपनि हुनसक्ने भन्दै अनुसन्धान थालिएको छ । अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि समय समयमा यस्ता पत्रहरु आउने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies