काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेदवारी दिँदै कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भएपनि यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि आइतबार बसेको सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेपछि मापदण्ड आगामी बैठकले तयार गर्ने बताइएको थियो । यस्तै प्रवक्ता श्रेष्ठले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गरिएकोमा सर्वोच्चमा रिट परेको विषयमा सरकारलाई सर्वोच्चबाट जानकारी आइनसकेको बताए । औपचारिक जानकारी आएपछि कसरी अघि बढ्ने भन्नेमा आवश्यक छलफल र निर्णय लिइने उनको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies