गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलामा एक जना प्रहरी नायव निरीक्षक होटेलमा मृत फेला परेका छन् । नौगाड गाउँपालिकाको दल्लेख प्रहरी चौकीमा कार्यरत र हाल हुती प्रहरी चौकीमा सरुवा भएका प्रहरी नायव निरीक्षक ध्रुव रावल दार्चुला सदरमुकामको एक होटेलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक रावल बंगाबगडको जयदुर्गा भवानी होटेलको शौचालयमा लडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले मध्यान्हलाई जानकारी दिए ।
शुक्रबार विहान होटेल मालिकले प्रहरीलाई खबर गरेपछि जिल्ला अस्पताल पुर्याउँदा डाक्टरले रावललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अछाम घर भएका रावलका दुई छोरा र एक श्रीमती धनगढीमा बस्दै आएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पदम बहादुर बिस्टले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies