सरकारले कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताए । तर, आर्थिक रुपमा विपन्न, अशक्त, असाहय अवस्थाका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत क्षेत्रमा रहेकाहरुमा लक्षण भए मात्रै परीक्षण र उपचारमा निशुल्क हुने समेत जानकारी दिएको छ । अझ कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाबटै कट्टा गरिने समेत निर्णय भएको प्रवक्ता गौतमले प्रष्ट पारे ।
यसले आम नागरिकमा भय उत्पन्न भएको छ । कदाचित संक्रमित भए उपचार नपाइने भए आम नागरिकको मनोविज्ञान तयार भएको छ । अझ काठमाडौं उपत्यकामा रहेका कमजोर वर्गका नागरिकमाथि यसको भय बढी हुनेछ । किनभने, श्रम गरी जिविका चलाउनेको जीन्दगी त्यसै पनि कठिन बन्दै गएको छ । काम नगरे भोकै परिने, काममा खटिए संक्रमित हुने चिन्ता आम पंक्तिमा देखिन्छ । हुन पनि असोज यता लगातार हजार भन्दा माथि संक्रमित थपिदै आएका छन् । केही हप्ता यता त दिनहुँ दुई हजारदेखि ६ हजारसम्म दैनिक संक्रमित थपिदै आएका छन् । त्यस मध्ये पनि राजधानी उपत्यकामा संक्रमित धेरै छन् । आइतबार मात्रै राजधानी उपत्यकामा १६९८ जनामा संक्रमण पुष्टि भएको छ । जबकी देशभर दुई हजार ९४२ जनामा संक्रमण पुष्टि भयो । यसको अर्थ राजधानी उपत्यका हट स्पट बनेको प्रष्ट बुझ्न सकिन्छ । काठमाडौंमा मात्रै पनि संक्रमित संख्या ४४ हजार नाघेको छ । जबकी देशभर संक्रमित संख्या ३२ हजार २४६ छ ।
तर, काठमाडौंको गतिविधि रोकिएको छैन । दशैं तिहार जस्ता चाँड नजिकिएको अनि लामो समयको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि नराम्रोसँग बिग्रिएको छ । यसले न्यून आय भएका मानिसहरुमा रोग र भोकको भय बढी थियो । अझ सरकारले नै उपचार नगराउने निर्णयले उनीहरुको मनोदशा कस्तो बनेको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । सतर्कता बढाउन आवश्यकता पर्दा बाध्यात्मक परिस्थिति निर्माण गर्न सकिन्छ । तर, यसको अर्थ त्यो होइन कि आम नागरिकमा जीवनप्रति भय बढोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies