काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको आलोचना गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको निर्णयप्रति ब्यङ्ग्य गर्दै खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन आग्रह गरेका छन् ।
आज ट्विट गर्दै थापाले सरकार स्वयं संक्रमित भएर आइसोलेशनमा रहेकोले यस्तो निर्णय गरेको समेत उल्लेख गरेका छन । थापा आफैं कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् ।
स्वास्थ्य मन्त्रालयले हिजो विपन्न र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलगायत बाहेक अरूको परीक्षण र उपचार नगर्ने निर्णय गरेको थियो । कोरोना संक्रमितको परीक्षण तथा उपचारबाट सरकारले हात झिकेपछि चौतर्फी विरोध भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies