सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा अबैध सामान ओसार पसारमा संलग्न १ कार सहित १६ लाख ५० हजार ३ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार बर्दघाट नगरपालिका वडा नं. ४ टिसियन चोकस्थित बा ६ च ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको करिब २ लाख ५७ हजार ४ सय बराबरको हुट, ज्याकेट, टाउजर, सर्ट, पाईन्टलगायत बिभिन्न कपडा र करिब ११ लाखको कार सहित ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही नगरपालिका वडा नं. १० भुतहामा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब १ लाख २४ हजार २ सय मूल्य बराबरको प्याज, मसुरो, घासको बिउ, तोरीको बिउ लगायतका सामानहरु ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. १ झरही खोलास्थित भारतबाट अबैधरुपमा ल्याउदै गरेको ६८ हजार ७ सय मूल्य बराबरको पित्तलको दियो, कचौरा, सिल्भरको जग, कालो प्लास्टिक लगायतका सामान सीमा प्रहरी चौकी महेशपुरले नियत्रणमा लिएको छ ।
उक्त सामान मानिसहरुले मोटरसाइकलमा राखी ल्याउदै गर्दा प्रहरी टोली देखे पछि भागेका थिए । नियन्त्रणमा लिएको कारसहित अन्य सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies