शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाको चौंथो गाउँसभा सम्पन्न भएको छ । सिरहाको दक्षिणी सिमावर्ती नवराजपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को चौथों गाउँसभाबाट बजेट सार्वजनिक गरेको छ । वित्तीय समानीकरण, राजस्व बाँडफाँड, आन्तरिक स्रोत, सर्शत अनुदान, जेष्ठ नागरिक दीर्घ सेवा सम्मान र सामाजिक सुरक्षा बाहेकका शिर्षकमा ३१ कारोड ३३ लाख ६० हजार ६ सय ७० रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
गत असोज २० मा गाउँ सभा सम्पन्न भएपनि मंगलवार बजेट सार्वजनिकीकरणमार्फत सार्वजनिक गरिएको हो । नवराजपुर गाउँपालिकाले व्यय अनुदानतर्फ चालू खर्च ११ करोड ५६ लाख ३ हजार ६ सय ७०, शसर्त अनुदानतर्फ ११ करोड २ लाख र पूजीँगत खर्चतर्फ ८ करोड ४८ लाख ७७ हजार विनियोजन भएको अध्यक्ष विश्वमोहन प्रसाद यादवले बताए ।
चालू आर्थिक वर्षमा कृषिक्षेत्रको दीगो विकासलाई लक्षित गर्दै आन्तरीक पर्यटनका क्षेत्रलाई प्रमुख प्राथमिकता राखेर बजेट ल्याईएको गाउँपालिका अध्यक्ष यादवले वजेट प्रस्तुतिकरणमा जनाएका छन् । गाउँपालिकाले आन्तरिक स्रोत समेतका आधारमा उपलब्ध स्रोत साधनलाई स्वास्थ्य, शिक्षा र भौतिक निर्माणको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष यादवले बताए । यस्तै गाउँपालिकामा सुशासन कायम गर्दै स्थानीयलाई घरदैलोको सरकारको अपनत्व महसुस गराउने गरी समृद्धि प्राप्तिका क्षेत्रमा बजेट केन्द्रित रहने अध्यक्ष यादबले जनाए ।
त्यस्तै गत आर्थिक वर्ष २०७६/ ०७७ मा नवराजपुर गाउँपालिकाले कुल प्राप्त आय २६ करोड ६९ लाख ८७ हजार ७ सय ३५ मध्ये कुल २४ करोड ७५ लाख २७ हजार ८ सय २ रुपैयाँ खर्च गरिएको विवरण पनि सार्वजनिक गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies