एजेन्सी : अमेरिकामा नोभेम्बर तीनमा हुने राष्ट्रपतीय निर्वाचन अघि आज दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस भएको छ । टेनेसी राज्यको नास्भिलमा ट्रम्प र बाइडेनविच चुनावी मुद्दामा केन्द्रित भएर बहस भएको हो ।
बहसमा डेमोक्रेटिक उम्मेदवार वाइडेनले रिपब्लिकन उम्मेदबार ट्रम्पका कारण लाखौं अमेरिकी नागरिकहरुले ज्यान गुमाउन परेको आरोप लगाए । उनले ट्रम्प कोरोना भाइरसको महामारी फैलिनुमा जिम्मेदार रहेको बताउँदै त्यस्ता व्यक्तिलाई राष्ट्रपति पदमा बस्ने कुनै अधिकार नभएको बताए ।
ट्रम्पले बाइडेनले आफूमाथि लगाएको आरोपको खण्डन गरे । उनले आफ्नो सरकारले महामारी नियन्त्रण गर्न प्रयास गरेको र केही हप्तामा नै खोप आउने दाबी गरे । ट्रम्पले महामारीका कारण पूरै अमेरिका बन्द गर्न नसक्ने भन्दै आफू बाइडेन जस्तो लुकेर नबस्ने बताए ।
बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनमा चीन, रसिया र इरानले हस्तक्षेप गर्ने प्रयास गरिरहेको बताए । विदेशी कम्पनीबाट आफूले एक पैसा नलिएको भन्दै बाइडेनले ट्रम्पमाथि कर चोरी गरेको आरोप लगाए । उनले ट्रम्पको एकाउन्ट चीनको बैंकमा समेत रहेको बताए । ट्रम्पले भने बाइडेनले नै विदेशी कम्पनीहरुसँग पैसा लिएको आरोप लगाए ।
बाइडेनले आप्रवासीहरुमाथि ट्रम्प प्रशासनले गरेको काम मानवअधिकारको उल्लंघन भएको आरोप लगाए भने ट्रम्पले सीमामा कडाइ गर्नुपर्ने अडान दोहोर्याए । बाइडेनले नश्लवादको प्रतिक भएको आरोप लगाएपछि त्यसको जवाफमा ट्रम्पले अब्राहम लिंकनलाई छोडेर आफू बाहेक अरु कुनै राष्ट्रपतिले अश्वेत समुदायको लागि काम नगरेको दाबी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies