जाजरकोट : जिल्लाको नलगाड नगरपालिका ८, हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिब पाँच सय घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा सुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।
गाउँमा विद्युतीकरण भएसँगै हल्चौरका बासिन्दा खुसी भएको नलगाड ८ का रामप्रसाद खत्रीले जानकारी दिए । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies