शंकर श्रेष्ठ/मध्यान्ह
चितवन : चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु अाज नेपाली सेनाले डिस्पोज गरेको छ ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन कडा गरिएकाे थियाे । डिस्पोजका क्रममा बम जस्तो देखिने गरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा ‘ सातौं पार्टी पूनर्गठन दिवस भव्यताका साथ सफल पारौं’ लेखिएको थियो। साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले बताए । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies