काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने पनि बताए ।
सांसद पाण्डेले मुलुकको बिकासका लागि दलहरुबीचको एकता आवश्यक रहेको जिकिर गर्दै अहिले दलहरुलाई कमजोर बनाउने काम भइरहेको बताए । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो ।
केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका पाण्डे पहिलो संविधानसभा सदस्य थिए । त्यतिबेला उनी स्याङ्जा क्षेत्र नम्बर तीनबाट निर्वाचित भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies