काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’ले कोरोना महामारीसँगै बन्द गरिएको भारतसँग जोडिएको सीमा नाका तत्कालै खोल्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै सीमा नाका तत्काल खुल्ला गर्न माग गरेका हुन् ।
जनताको जीवन थप कष्टकर हुन नदिन सरकारले भारतसँग जोडिएको सीमा नाकालाई तत्काल खुला गरेर व्यवस्थित र सहज बनाउन सरकारलाई आग्रह गरिएको छ ।
सीमा नाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउनुका साथै सीमा क्षेत्रको बासिन्दा जनजिवन समेत कष्टकर बनेको भन्दै जसपाले सरकारको ध्यानाकर्षण गराएको हो । विज्ञप्तिमा कोरोना भाइरस संक्रमण रोक्न सरकारको पूर्व तयारी निकै कमजोर रहेको आरोप समेत लगाएको छ ।
संक्रमण नियन्त्रणका लागिस्वास्थ्यकर्मीको जोखिम भत्ता उपलब्ध गराउन, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधिको उचित र आवश्यक व्यवस्थापन मिलाउन पनि सरकारसंग जसपाले माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies