डिल कुमारी नेपाल/मध्यान्ह
भरतपुर : चितवनको भरतपुर–१० मा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
नेपाली व्यूटीसियनहरुको अविभावकीय संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटीका सचिव तथा जिफन्टको बागमती प्रदेश महिला सदस्य, पारिजात महिला समूह भरतपुरकी अध्यक्ष एवं सामाजसेवी अन्जु गुरुङको सभापतित्व र भरतपुर महानगरपालिकाका प्रबक्ता एवं वडा नं. १० का वडाअध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख अातिथ्यतामा शुभारम्भ कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले व्यूटीपार्लर सञ्चालनका लागि सिटिईभिटी तथा अन्य दातृ निकायहरुबाट आउने सहयोग लिनका लागि आफू र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत बताए । उनले शुभारम्भको क्रममा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले चितवनमा मात्रै नभई देशैभर आफ्नो शाखा बिस्तार गरी व्यवसायलाई अझै व्यवस्थित बनाउन सकेस भन्ने सुझाव दिए ।
ब्यूटिपार्लरकी संचालिकासम्त रहेकी गुरुङले विगत लामो समयदेखि व्यूटीपार्लर व्यवसायमा सम्लग्न रही आफ्नो व्यवसायलाई व्यवसायिकतातर्फ बढाउँदै लगेकी छन् । शुरुमा आफ्नै निवास रमाइलोचोकबाट व्यूटीपार्लर व्यवसाय संचालन गरेकी गुरुङले भरतपुर–२३ जगतपुरमा दोश्रो शाखासमेत सञ्चालन गरेकी छन् । आजदेखि शुभारम्भ भएको ब्यचीपार्लर उनको तेश्रो शाखा हो । गुरुङ सफल उद्यमी, कुशल नेतृ एवं व्यूटीपार्लर सम्बन्धि विज्ञता हासिल गरेरी प्रशिक्षकसमेत हुन् । उनले सिटिईभिटी, सरकारी एवं गैह्र सरकारी संस्थाहरुको सहकार्यमा विभिन्न प्रशिक्षणसमेत दिंगै आएकी छिन् । उनले व्यूटीपार्लर व्यवसायका समस्यालाई नीतिगतरुपमा सुल्झयाउन विभिन्न सरोकारवाला संघ–संस्थाहरुसँग हातेमालो गर्दै समस्या समाधानमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् ।
शाखा शुभारम्भ कार्यक्रममा जिफन्टका बागमती प्रदेश सचिव अर्जुन अर्याल, प्रदेश सदस्य गोविन्द अर्याल, महिला सदस्यहरु शारदा पौडेल, सरस्वती पौडेल, विभागीय सदस्यहरु शुशिल नेपाल, राजन ढकाल, नेपाल स्वास्थ्यकर्मी कर्मचारी युनियनका केन्द्रीय सदस्य तथा जिफन्ट भरतपुर महानगरका अध्यक्ष पुष्करबाबु त्रिपाठी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेशका उपाध्यक्ष वालकुमारी रानाभाट, प्रदेश सदस्य राधिका थापा र अनिता आचार्य लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, चितवनका विभिन्न कमिटीका पदाधिकारी तथा सदस्यहरु, स्थानीय व्यक्तिहरुके उपस्थितिमा संचालित सुभारम्भ कार्यक्रमको संचालन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका चितवन जिल्ला अध्यक्ष सुस्मा तमाङले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies