काठमाडौं : लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्याराडोनाको निधन भएको जनाएको छ ।
हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।
म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies