काठमाडौं : नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज गोरखा जाने भएका छन् । उनी भारतीय सहयोगमा बनेका विद्यालयको उदघाटन गर्न त्यसतर्फ जान लागेका हुन् ।
विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले संयुक्त रुपमा भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
गोरखामा २६ हजार ९ सय १२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेको छ भने तीन वटा विद्यालयको पुनःर्निर्माण सम्न्पन भएको छ । श्रींगला तीनै विद्यालयको उदघाटन गर्न जान लागेका हुन् ।
श्रींगलाले गोरखा नगरपालिका दशको छेवेटारमा रहेको तारा माध्यामिक विद्यालय गोरखा नगरपालिका नौ को लक्ष्मी बजारको महालक्ष्मी माध्यामिक विद्यालय र गोरखा नगरपालिका आठको रत्नलक्ष्मी माविको भवन उदघाटन गर्ने छन् ।
उनले लक्ष्मी बजारको महालक्ष्मी माध्यामिक विद्यालयको उदघाटन गर्ने र अन्य दुई विद्यालय साँकेतिक रुपमा सोही स्थानबाट उदघाटन गर्ने गोरखाको परियोजना कार्यालयले जानकारी दिएको छ । उनी आजै स्वदेश फर्किने छन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको थियो । सो रकमले गोरखामा २६ हजार ९ सयढ १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies