काठमाडौं : काठमाडौंको कालिकास्थानमा बैंकको एटीएम बुथ फुटाउँदै गरेको अवस्थामा प्रहरीले ३ जना युवकलाई पक्राउ गरेको छ । महानगरपालिका–२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटीएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बागलुङ गलकोट नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने २२ वर्षीय साहील खत्री, बागलुङकै गलकोट–७ नै घर भइ काठमाडौंको कालिकास्थान बस्ने २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies