ललन कुमार चौरसिया/मध्यान्ह
रौतहट : रौतहट जिल्ला प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले रौतहट राजदेवी नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा भारतबाट भन्सार छली गरेर चोरी पैठारी गरी झोला र बोराहरु नेपालतर्फ भित्र्याउँदै गर्दा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि झोला र बोराहरु छाडेर उनीहरु फरार भएका थिए ।
प्रहरीले एक लाख चौवालीस हजार चार सय साट्ठी रुपैयाँ बराबरको चिनी, कपडा, राउडर, सि.सी. क्यामरा, मोटरसाईकलका विभिन्न पार्ट्सहरु, कस्मेटिक सामानहरु, मोबाईल चार्जर, डाटा केवल लगायतका अन्य मालसामान बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies