काठमाडौं÷मस– वैदेशिक रोजगार विभागले व्यवसायीहरुले राखेका माग सम्बोधनको सिफारिश गर्न विभागका सूचना अधिकारी तथा निर्देशक टिकामणी नेउपानेको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा विभागका ४ र व्यवसायीका ३ प्रतिनिघि रहने बताइएको छ ।
कार्यदलमा रहने विभागका कर्मचारीको नाम विभागले सोमबार तया गर्ने छ भने संघले प्रथम उपाध्यक्ष कमल तामाङ, तृतीय उपाध्यक्ष किशोर केसी र महासचिव सुजित कुमार श्रेष्ठलाई पठाउने भएको छ । विभागले कार्यदलका लागि आधिकारीक पत्र पठाएपनि सोमबार प्रतिनिधि पठाउने संघको तयारी छ । कार्यदललाई एक हप्ताको समय दिइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies