काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन । चार हजार आठ सय ५८ पीसीआर नमूना परीक्षण गर्दा पुरुष २ सय ६ र महिला १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ ।
काठमाडौं उपत्यकामा १ ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । काठमाडौंका एक सय ३३ , ललितपुरमा १३ र भक्तपुरमा आठ जना संक्रमित थपिएका छन् ।
प्रदेश एकमा पाँच, प्रदेश दुईमा १०, बागमतीमा १ सय ९७, गण्डकीमा ४५, लुम्बिनीमा ७४ र सुदुरपश्चिममा आठ जना कोरोना संक्रमित थपिएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २ सय ४० रहेको छ । तिमध्ये २ हजार ५ सय चारजना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या सात सय ३६ रहेको छ । आईसीयुमा १ सय ३७ र भेन्टिलेटरमा १९ जनाको उपचार भैरहेको छ ।
पछिल्लो चौबीस घण्टामा चार सय एक जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६४ हजार ५ सय ३८ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९८ दशमलब एक प्रतिशत रहेको छ ।
हालसम्म २० लाख ४८ हजार १ सय ३३ पीसीआर परीक्षण भएको छ । हाल देशभर एक सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप दश जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ जना पुगेको छ ।संक्रमित पु्ष्टि भएकामध्ये शुन्य दशमलब सात पाँच प्रतिशतको मृत्यु भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies