आँबुखैरेनी : युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा सोमबार तनहुँको आँबुखैरेनीस्थित आँबु प्राविका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका छन् । एक कार्यक्रमकाबीच ३१ औं जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीलाई विद्यालयका शिक्षक शिक्षिकाको उपस्थितिमा समाजसेवी श्रेष्ठले स्वीटर वितरण गरेका हुन् ।
स–साना विद्यार्थी भाइबहीनीहरुलाई न्यानो भएर अध्ययन गर्न तथा चिसोबाट बच्न सहयोग पुर्याउने उद्देश्यले जन्मदिनको अवसरमा सो विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको श्रेष्ठले बताए । यसअघि पनि युवा व्यवसायी तथा समाजसेवी श्रेष्ठले थुप्रै सामाजिक कार्य गर्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies