काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को फैलँदो संक्रमणले मलेसियामा कार्यरत नेपालीहरुमा त्रास बढेको छ । लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्ला दिनमा संक्रमण तीव्र बनेको छ ।
सोमबारसम्म मनेसियामा संक्रमित हुनेको संख्या १ लाख ८६ हजार ८४९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ६सय ८९ पुगेको छ । सोमबार मात्रै त्यहा‘ ११ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमित र मृत्युको संख्या बढेपछि मलेसियाले संक्रमण बढीरहेको क्षेत्रमा आवागमन नियन्त्रण आदेशमा कडाई गरेको छ । त्यसले रोजगारस्थलमा पुग्नुपर्ने नेपालीसहित आप्रवासी कामदारहरुलाई समस्या परेको बताइएको छ । मलेसियामा १७ लाख विदेशी कामदार रहेका छन् ।
बंगलादेशबाट गएका कामदारले आवागमन नियन्त्रण आदेश उल्लंघन गर्नेक्रम बढेपछि मलेसियामा सबै देशबाट गएका आप्रवासी कामदारमाथि प्रहरीले निगरानी बढाएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
शहरका मुख्य–मुख्य चोकमामा सडक अवरोध गरी कडाईका साथ चेकजाँच गरिरहेको मलेसियाको प्रहरीले कोरोना सम्बन्धी स्टयाण्र्ड अपरेशन प्रोसिड्युर (एसओपी) पालना नगर्ने कसैलाई पनि माफी नदिइने बताएको छ । गत जनवरी १३ तारिखदेखी आगामी फेब्रुअरी ४ तारिखसम्म तीन हप्ताका लागि कडाई गरेको मलेसियाले आगामी अगस्ट १ तारिखसम्म संकटकाल घोषणा गरेको छ ।
मलेसिया नेपाली अदक्ष कामदारको आकर्षक गन्तव्य मानिन्छ । मलेसिया रोजगारी अवरुद्ध हुँदा त्यसको प्रतक्ष असर नेपाली कामदार वैदेशिक रोजगार व्यवसायीहरुमा समेत परेको छ । नेपालका अधिकांश वैदेशिक रोजगार कम्पनीहरुवे मवेलिस्रो काम गर्ने गर्दछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies