काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितीको विषयमा छलफल हुनेछ ।
आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दवाब दिने तयारी गरेको छ ।
त्यस्तै १४ औं महाधिवेसन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दवाब दिने तयारी पनि पौडेल पक्षको छ । पौडेल समूह प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने पक्षमा छ ।
विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्नेमा कांग्रेसमा दुईधार रहेको छ । सभापति शेरबहादुर देउवा निर्वाचनको पक्षमा र पौडेल पक्ष विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनुपर्ने अडानमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies