अर्जुन शर्मा/मध्यान्ह
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा पहिलो दिन २० जनाले कोरोना भाइरस (कोभिड १९) विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दूर्गादत्त चापागाईंलाई पहिलो खोप लगाइएर खोपको शुरुवात गरिएको हो ।
जनस्वास्थ्य अधिकृतसँगै जिल्लामा बुधबार अन्य १० जना स्वास्थ्यकर्मी र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने १० जना सुरक्षाकर्मी गरी २० जनालाई खोप लगाइएको छ ।
भारत सरकारको सहयोगमा नेपालमा आइपुगेको कोरोना विरुद्धको खोप सिन्धुपाल्चोक जिल्लामा एक हजार ५ सय ७८ जनालाई लगाइने छ ।
पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपंतिमा खटीने स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाउन लागिएको जिल्ला स्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दूर्गादत्त चापागाईंले बताए ।
देशैभर बुधबारबाट खोपको शुरुवात गर्ने नेपाल सरकारको नीतिअनुसार जिल्ला अस्पताल चौताराबाट खोप लगाउन शुरु गरिएको चापागाईंले बताए । सिन्धुपाल्चोकमा जिल्ला अस्पताल चौतारा र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेबाट खोप सेवा प्रदान गरिनेछ । त्यसको लागि जिल्ला अस्पताल चौतारामा खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधिको तालिम सञ्चालन गरिनेछ ।
खोप लिनको लागि जिल्ला कोभिड—१९ खोप व्यवस्थापन समितीको निर्णय अनुसार तोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीहरुले तोकिएको मिति र स्थानमा सम्पर्क गर्नुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies