काठमाडौं : कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना शुरु गरेको छ । उक्त योजना अन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन “कुमारी स्मार्टमा” रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा रु. १०० फिर्ता पाउनेछन् ।
सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ । सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् ।
यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ । सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डोर्याउने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies