काठमाडौं : निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई शुक्रबार छलफलका लागि बोलाएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको दुबै नेकपाले आफुलाई आधिकारिक दावी गरेपछि आयोगले छलफलका लागि बोलाएको हो ।
आयोगले शुक्रबार साढे एघार बजे दुबै समूहका प्रतिनिधिलाई छलफलका लागि डाकेको हो । आयोगले छलफलमा अध्यक्ष अथवा अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जनालाई बोलाएको छ ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि आधिकरिकताका लागि दुबै समूहले दिएको निवेदनमा दावी नपुगेको आयोगले जनाएको थियो । आयोगले माघ १२ गते दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै पत्राचार समेत गरेको थियो । पार्टी विभाजनछि नेकपामा पार्टीको नाम र चुनाव चिन्ह आफ्नोमा पार्न होडबाजी चलेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा व्यवहारिक रुपमा विभाजित भएको छ । तर औपचारिक विभाजन नहुँदा आयोगले त्यसमा कुनै निर्णय दिएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies