ललनकुमार चौरसिया/मध्यान्ह
रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा आधुनिक खेलमैदान निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा निकटका नगर अध्यक्ष मोहन मेहताको पहलमा खेलमैदान निर्माण हुन लागेको जनाइएको छ ।
खेल मैदान निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले रकमसमेत विनियोजन गरिसकेको छ । नगर अध्यक्ष मेहताले खेल मैदान निर्माणको लागि मन्त्रालयले ६ करोड ७४ लाख ८१ हजार ३ सय ८४ रूपैयाँको रकम विनियोजन गरिसकेको जानकारी दिए ।
खेलमैदान नगरपालिकाको वडा नं. ५ मा निर्माण हुनेछ । जसको लागि २ बिगाहा जग्गा आवश्यक पर्ने पनि नगरपालिकाले जनाएको छ । नगरका मेयर मेहताले नगरभित्रका युवाहरुको मागअनुसार खेल मैदान निर्माण गर्न लागिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies