काठमाडाैं । सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।
सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले बुधबार विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरे ।
उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वाेच्चतालाई स्थापित गरेको सर्वाेच्च बारको निष्कर्ष छ ।
सर्वाेच्चबाट भविष्यमा पनि संवैधानिक सर्वाेच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने सर्वाेच्च बारको विश्वास छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies