गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको निधन भएको छ । एक्कासी बिरामी भएका उनको सोमबार बिहान ५ बजे ७८ वर्षको उमेरमा वडा नम्बर ३ मडमा आफ्नै घरमा मृत्यु भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिए ।
वडाध्यक्ष धामी देशकै सातौं धाम श्री शैल्यशिखर मालिकार्जुन धाम तथा धार्मिक पर्यटकीय गन्तब्य मालिकार्जुन मन्दिरका मुखियासमेत थिए । उनको सोमबारै अन्त्येष्टि गरिने भएको छ।
वडाध्यक्ष धामी मालिकार्जुन विकास समितिका अध्यक्ष, श्री मालिकार्जुन मा।वि। मडका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, मालिकार्जुन गाउँपालिकाका कार्यवाहक अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरेका थिए । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
उनको निधनमा गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै सिङ्गो मालिकार्जुन गाउँपालिका स्तब्ध भएको जनाएको छ । उनको निधनमा गाउँपालिकाले दुई दिन फागुन १७ गते (आज) र १८ गते (भोलि) शोक बिदा दिनेसमेत निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies