काठमाडौं : वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट दोषी ठहर भई विगत ९ वर्षदेखि फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । नवलपरासीको देवचुली नगरपालिका–१३ का गुरुदत्त पौडेल वैदेशिक रोजगार न्यायाधीकरणको २०६८ साल माघ १७ गतेको फैसलाले दोषी ठहरिएका थिए ।
पौडेलमाथि सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन दिएर ४ लाख ५० हजार रुपैयाँ लिएर दुबई पठाएर ठगी गरेको अभियोग लागेको थियो । रिलायवल एचआर सोलुसन प्रा.लि.का सञ्चालकसमेत रहेका पौडेलविरुद्ध न्यायाधीकरणले वैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय हुने फैसला गरेको थियो ।
पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंको बागबजारबाट पक्राउ गरेको थियो । ब्यूरोका अनुसार पौडेललाई सोमबार काठमाडौं जिल्ला अदालतंमा पेश गरी फैसला कार्यान्वयनका लागि कारागार पठाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies