ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । मंगलबार बिहान १० बजे विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, 'म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।'
सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies