काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले मार्च १० तारिखसम्म मागपत्र प्रमाणीकरण नहुने बताएको छ । दूतावासले सोमबार एक सूचना जारी गर्दै नेपाली दूतावास रियादबाट प्रमाणीकरण भई राजश्व भुक्तानी भइसकेका मागपत्रहरुलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अनलाइन अपलोड गर्नुपर्ने भएकाले मागपत्र प्रमाणीकरण कार्य मार्च दुई देखि मार्च १० तारिखसम्म स्थगन गरेको बताएको हो ।
दूतावासले राजदूतावासबाट मागपत्र प्रमाणीकरण भइसकेका तर राजश्व बुझाउन बाँकी रहको रोजगारदाता कम्पनीलाई राजश्व भुक्तानी गरी आफ्ना प्रमाणित कागजात लैजान समेत अनुरोध गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नया‘ सचिव सुर्य प्रसाद गौतमलाई भेटी साउदी अरबस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण भएर अनलाइन प्रणालीमा अपलोड हुन नसक्दा २४ सय फाइल अड्किएको विषयमा ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गरेको थियो ।
सोही दिन दूतावासले प्रमाणीकरण भएका पुराना मागपत्र विभागको सूचना प्रणालीमा अपलोड गर्ने भन्दै मागपत्र केही दिनका लागि प्रमाणीकरण नगर्र्ने भनी सार्वजनिक सूचना गरेको हो । व्यवसायीहरुले विभागको प्रणालीमा अपलोड हुन नसकेका २४ सय फाइलमा करिब ५० हजार कामदारको डिमाण्ड रहेको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies