काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओली पक्षका ७ जना नेतालाई कारबाही गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र केन्द्रीय कमिटी सदस्यहरु, कणर्बहादुर थापा, प्रभु साह, विशाल भट्टराई, महेस बस्नेत, शान्ता चौधरी र सूर्य थापालाई कारबाही गर्ने निणर्य गरेको हो ।
प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी सदस्य नेम्वाङले दलको अन्तरिम विधान उल्लंघन गरेकाले स्थायी कमिटीबाट निलम्बन गर्ने निणर्य गरेको हो । उनलाई ३ दिन भित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन समेत निर्देशन दिइएको छ ।
त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा मात्र रहन सचेत गराउने निणर्य गरिएको छ । भट्टराईलाई प्रधानमन्त्री ओलीले हालै संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।
यसबाहेक कणर् थापा, प्रभु साह, महेश बस्नेत, शान्ता चौधरी र सूर्य थापालाई भने केन्द्रीय सदस्यबाट निष्काशित गर्ने निणर्य प्रचण्ड-नेपाल समूहले गरेको छ ।
बुधबार नै बसेको स्थायी कमिटी बैठकले गरेको सिफारिसअनुसार प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले यस्तो निणर्य गरेको हो ।
बुधबारको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव पनि केन्द्रीय कमिटीमा पठाउने निणर्य गरेको थियो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा २ खेमामा विभाजित भएको थियो ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको खेमाले संसद विघटनविरुद्ध संघर्ष गरेको थियो । यसबीचमा प्रचण्ड-नेपाल खेमाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षसहित साधारण सदस्यबाट समेत हटाउने निणर्य गरेको थियो ।
सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै पुनःस्थापनाको फैसला सुनाएपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष संसद विघटनविरुद्ध संघर्ष गरेका दलहरुको सहभागितामा सरकार बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।
बुधबार बसेको बैठकले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने निणर्य समेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies