पूर्वउपकुलपतिहरूले प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका छन्।
झापामा मंगलबार दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटनका क्रममा प्रधानमन्त्रीले गरेको भाषणको सन्दर्भमा बुधबार पूर्वउपकुलपतिहरूले विज्ञप्ति निकालेर विरोध गरेका हुन्।
ओलीले आफ्नो भाषणमा झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिएका थिए।
‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथावा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० जना पूर्वउपकुलपतिहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’
उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न आग्रहसमेत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies