काठमाडाैं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले नेकपा विवादबारे तत्काल निर्णयमा पुग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूले आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गर्न आग्रह गरेका छन् ।
'प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा समेत यस विषयमा उपर्युक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौं', विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।
पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा अनाैपचारिक रुपमा विभाजन भएको छ। त्यसलाई औपचारिकता दिन नेकपाको एक पक्षले (प्रचण्ड-माधव पक्ष) निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ। तर, आयोगले भने कुनै निर्णय नगर्दा उसमाथि आशंका व्यक्त भइरहेका छन् ।
सर्वाेच्च अदालतले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरिसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies